चन्दा देवानको ‘रम्दैछ अलि अलि…’ सार्वजनिक

काठमाडौं, ७ भदौ ।

स्थापित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अहिलेकी चर्चित नायिका एवं मोडल एलिसा राईले नृत्य–अभिनय गरेकी छिन् । एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले भूमिका निर्वाह गरेकी छन् ।

मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको यो गीत–नृत्यको दृश्यांकन राजधानी नजिकै रहेको मनोरम स्थल नगरकोटमा भएको छ जसले गीतको मनोहारिता थप बढाएको छ ।

यस भिडियोमा एउटी छोरीले आमासामु अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले प्रस्तुत गरिएको छ । उमेरसंगै छोरीमा आएका चाहना र रहरहरूलाई यो गीतले समेटेको छ ।

‘रम्दैछ दबेको मन, खुल्दैछ लुकेको मन’ शीर्ष शब्दबाट सुरु भएको गीतमा खुलेर नाच्ने मन भएको, हातमा चुरा, शिरमा शिरबन्दी र खुट्टामा पाउजु लगाउने चाहना छोरीले राखेकी छन् । यस्तै १६ वर्षे बैंसमा चरी जस्तै उडी जाने रहर पलाएको छ छोरीमा । चंचल मनसित कल्पनाका पखेटा फिंजाएर जतासुकै पुग्न खोज्ने छोरीका रहरालु भावनाहरू गीत सुरु भएदेखि अन्त्य हु‘दासम्म छताछुल्ल महसुस गर्न सकिन्छ ।

गीत चेतन बाराकोटीले लेखेका छन् भने सचिन सिंहको संगीत मेलोडियस छ । गीतको भिडियो–निर्देशन युवा संचारकर्मी विदुर खतिवडाले गरेका हुन् ।

उत्कृष्ट छायाकारको परिचय बनाइसकेका युवा सुदीप बरालको छायांकन र राजीव समरको कोरियोग्राफी रहेको यस भिडियोलाई नगरकोटस्थित होटल क्लब हिमालयमा छायांकन गरिएको हो ।

केही महिनापहिले चेलीबेटी बेचबिखन विरुद्धको अभियानलाई सहयोग पुगोस् भन्ने चाहना राखेर ‘छानो हाल्ने सपनीमा म बेचिनुपर्यो’ गीत गाएकी गायिका चन्दाले यो नाच्ने किसिमको गीतले आम नेपालीलाई नाच्न अग्रसर गराउने अपेक्षा राखेकी छिन् । भन्छिन्, ‘यो म जस्तै आम आमाछोरीको गीत हो । नाच्न मन पराउने, खुलेर बा“च्न चाहने युवतीहरूको अनुभूति हो । सबैले मनपराइदिनु हुनेछ भन्ने आशा राखेकी छु ।’

गीतलाई केन्द्रबिन्दु टिभीले सोमबार सार्वजनिक गरेको हो । (केन्द्रबिन्दु)

बुधबार, भदौ ७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*