दीपिका पादुकोणको अनुभव –‘डिप्रेसन भएको थाहा भएन, म कुना पसेर रोइरहन्थेँ’

मुम्बई । बलिउड नायिका दीपिका पादुकोणले डिप्रेसनमा रहँदा आफूले भोगेका समस्याहरु सेयर गरेकी छिन् । न्यूयोर्क टाइम्ससँग कुराकानी गर्दै उनले भनेकी छिन्–‘म डिप्रेसनसँग जुधिरहँदा जुन समय मैले बिताएँ, त्यो मेरो जिन्दगीको सबैभन्दा राम्रो समय हुन सक्थ्यो ।’

१. यो त्यस्तो समयमा भयो, जतिबेला मलाई आशा निकै कम लाग्थ्यो । म रुनका लागि कुनै कोठाको कुना खोज्थेँ । एक पटक हामी एउटा गीतको छायांकन गरिरहेका थियौं, सबैमा जोश थियो । तर, म आफूलाई एक्लो महसुस गरिरहेको थिएँ । म बाथरुममा गएर रुन थालेँ ।’

२. सन् २००४ मा मैले यसको लक्षण महसुस गरेको थिएँ । लामो समयसम्म काम गर्दा म बेहोस भएकी थिएँ । जब म भोलिपल्ट ब्युझिएँ, त्यतिबेला मैले आफूमा रित्तो महसुस गरेँ । मलाई मात्र रुन मन लाग्थ्यो ।

३. यो मेरो जिन्दगीको सबैभन्दा मिठो समय हुन सक्थ्यो । त्यतिबेला मैले ४ वटा राम्रा चलचित्रमा काम गसिरकेकी थिएँ । मलाई परिवारको पूर्ण समर्थन थियो र म एकजना युवकसँग डेट गरिरहेको थिएँ । पछि उनी मेरो श्रीमान् बनेँ । मसँग एक्लोपना महसुस गर्ने कुनै कारण थिएन, तर पनि मैले गरिरहेकी थिएँ ।

४. म हरेक समय थाकेको र उदास महसुस गर्थेँ । यदि, कसैले मलाई खुसी बनाउनका लागि रोमान्टिक गीत बजाउथ्यो भने, मलाई नराम्रो महसुस हुन्थ्यो । मलाई हरेक दिन उठ्न निकै नै अल्छी लाग्थ्यो । म हरेक समय निदाउन चाहन्थेँ । जब म निदाउँथें, त्यतिबेला मलाई मेरो वास्तविकतासँग जुध्नु पर्दैनथ्यो ।

५. मनोचिकित्सकहरुका अनुसार, म क्लिनिकल डिप्रेसनमा थिएँ । म एकदमै आत्तिएकी हुन्थेँ । तर, जब मलाई डाक्टरले सबै कुरा बताए मैले आफूमा ऊर्जा महसुस गरेँ । म कस्तो समयबाट अगाडि बढिरहेको छु भन्ने कसैले बुझेकोमा म खुसी थिएँ । मैले, जुन खालको अनुभव गरिरहेकी थिएँ, त्यो संघर्षपूर्ण थियो ।

६. मैले मसँग भएको परिस्थितीलाई स्वीकार गरेकी थिएँ । म योसँग लड्न चाहिनँ । डाक्टरले मलाई औषधी लेखिदिए र मेरो दैनिकीलाई परिवर्तन गर्न आग्रह गरे । निन्द्रा, स्वास्थ्यकर खाना, व्यायामलाई मैले तालिका बनाएरै लागू गरे । यो कुरामा ध्यान दिँदा, मलाई म आफू को हुँ भन्ने महसुस भयो ।

७. जब म ठिक भएँ, यसपछि मैले सोचेँ– मैले यो बिमारीको विषयमा किन थाहा पाइनँ रु मेरी आमा भन्दा अरुलाई यसको लक्षण किन थाहा भएन रु म आफ्नो आवाज दबाएर किन बाँचेकी थिएँ रु यी सबै कुराले मलाई आफ्नो डिप्रेसनको अनुभव जनतामाझ ल्याउन प्रेरित गरेको हो । यदि, कोही यस्तो समस्या भोगिरहेको छ र मेरो कुरा पढेर आफूलाई एक्लो महसुस गर्दैन भने मेरा लागि यत्ति नै पर्याप्त छ । (एजेन्सी)

शनिबार, मंसिर २१, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*