महिलाको भागमा उपप्रमुख, वडाध्यक्षका उम्मेदवार पनि अधिकांश पुरुष मात्र

स्थानीय तहको निर्वाचन ऐनले स्थानीय तहको प्रमुख र उपप्रमुख मध्ये एक महिला उम्मेदवार हुनु पर्ने व्यवस्था गरेको छ । तर, दलहरुले भने महिलालाई उपप्रमुखमा मात्र उम्मेदवार बनाएका छन् ।

२८३ स्थानीय तहमा बैशाख ३१ गते हुने चुनावका लागि ४९ हजार ३३७ उम्मेदवार छन् । जस अनुसार पुरुषको ३० हजार ५ अर्थात ६०.८२ प्रतिशत र महिला महिलाको संख्या १९ हजार ३३२ अर्थात ३९.१८४ प्रतिशत छ ।
नगरउपप्रमुख तथा गाउँपालिका उपाध्यक्षमा भने ठीक उल्टो अवस्था छ । कुल १ हजार ३८५ उम्मेदवार मध्ये १ हजार १२७ अर्थात ८१.४३ प्रतिशत महिला छन् भने पुरुषको संख्या मात्र २५७ छ । यो नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षको कुल उम्मेदवारको १८.५७ प्रतिशत मात्र हो ।नगर प्रमुख तथा गाउँपालिका अध्यक्ष पदका लागि १ हजार ८८० जनाले उम्मेदवारी दिएका छन् । उनीहरु मध्ये ९१.६५ प्रतिशत अर्थात १७२३ उम्ोदवार पुरुष छन् । महिला उम्मेदवार १५७ अर्थात ८.३५ प्रतिशत मात्र छ ।

वडाध्यक्षको उम्मेदवार पनि पुरुष नै हाबी भएका छन् । २ हजार ५९८ वडाध्यक्ष पदका लागि १० हजार ७४४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये १० हजार २९६ अर्थात ९५.८३ प्रतिशत पुरुष छन् भने ४४८ अर्थात ४.१७ प्रतिशत मात्र महिला छन् ।

दुई खुला वडा सदस्यको ५ हजार १९६ पदका लागि १८ हजार ६८० जनाको उम्मेवारी परेको छ । यसमा पनि अधिकांश उम्मेदवार पुरुष नै छन् ।

१७ हजार ७२९ अर्थात ९४.७१ प्रतिशत उम्मेदवार पुरुष छन् भने महिला उम्मेदवारको संख्या ९५१ मात्र छ । यो वडा सदस्यको कुल उम्मेदवारको ५.२९ प्रतिशत हो ।

महिला वडा सदस्यका लागि ९ हजार ८३ र दलित महिला वडा सदस्यमा ७ हजार ५२६ जनाको उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ ।

(२०७४ वैशाख २५ गते अनलाइन दैनिकमा प्रकाशित  । सधन्यवाद साभार )

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*