म्याच फिक्सिङ प्रकरण अनुसन्धानमा सघाएकाले नेपाल प्रहरी एएफसीद्वारा सम्मानित

काठमाडौं, २८ असोज ।

देशमा फुटबल म्याच फिक्सिङको अनुसन्धानमा खेलेको भूमिकाको प्रशंसा गर्दै एसियन फुटबल कन्फडरेसन ९एएफसी०ले नेपाल प्रहरीको महानगरीय अपराध महाशाखालाई सम्मान गरेको छ ।

एएफसीका महासचिव डाटो विन्डसर जोनले सर्वेन्द्र खनाल र सुदीप राज पाठकलाई सम्मान गरेको हो ।

सन् २०१५ अक्टोबर ४ मा एएफसीको अनुशासन र इथिक्स कमिटीले नेपालका चार खेलाडी र एक फुटबल अधिकारीलाई म्याच फिक्सिङमा संलग्न भएको आरोपमा आजीवन प्रतिबन्ध लगाएको थियो ।

त्यसरी प्रतिबन्धित हुनेमा अन्जन केसीसहित विकास सिंह क्षेत्री, सन्दीप राई, रितेश थापा र सागर थापा छन् ।

डिआइजी खनाल त्यतिबेला एसएसपीको रुपमा महानगरीय अपराध महाशाखाको प्रमुखको हैसियतले त्यस अनुसन्धानको नेतृत्व गरेका थिए । पाठकले यसमा सहायक भूमिका खेलेका थिए ।

एएफसीका महासचिव विन्डसर ले खनाल र पाठकलाई एएफसी हाउसमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनीहरूले खेलको भूमिकाको प्रशंसा गरेका थिए ।

      शनिबार, असोज २८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*