राष्ट्रिय सभामा पनि वाम गठबन्धनको बहुमत

काठमाडौं, २६ माघ ।

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचन सकिएर मतपरिणाम आएको छ । राष्ट्रिय सभामा एमाले, कांग्रेस र माओवादीले सिट जितेका छन् । राष्ट्रिय सभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा‘ बादल’, दीनानाथ शर्मा लगायतका नेताहरु निर्वाचित भएका छन् । प्रत्येक प्रदेशबाट एक अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति, एक दलित, तीन महिला र तीन खुला गरी ८,८ जनाको दरले ५६ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । एक महिला सहित तीन जना मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । कहाँ कसको जित ?

प्रदेश १
प्रदेश १ मा एमाले ५, कांग्रेस २ र माओवादीले एक सिट जितेको छ । प्रदेश १ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने एक-एक दलित र अल्पसख्यक वा अपाङ्गको गरी दुई जना निर्वाचन भएको छ ।

परशुराम मेघी गुरुङ (निर्विरोध एमाले)
हरिचरण शिवाकोटी (निर्विरोध, एमाले)
रमेशजङ्ग रायमाझी (निर्विरोध, कांग्रेस)

महिलातर्फ
नैनकला ओझा (निर्विरोध, एमाले)
विना पोखरेल (निर्विरोध, माओवादी केन्द्र)
सरिता प्रसाईं रायमाझी (निर्विरोध, कांग्रेस)

दलिततर्फ
खेमराज नेपाली (निर्वाचित, एमाले)

अपाङ्ग अल्पसंख्यकतर्फ
अगमप्रसाद बान्तवा राई (निर्वाचित, एमाले)

प्रदेश २
प्रदेश २ मा एमाले १ , संघीय समाजवादी पार्टी २ , राजपा २ र माओवादीले एक सिट जितेको छ । प्रदेश २ मा सबै निर्विरोध निर्वाचित भएका छन् ।

खुला
जीतेन्द्र देव (निर्विरोध, कांग्रेस)
रमेशप्रसाद यादव (निर्विरोध, राजपा)
सुमनराज प्याकुरेल (निर्विरोध, एमाले)

महिलातर्फ
शशीकला दाहाल (निर्विरोध, माओवादी केन्द्र)
मुक्ताकुमारी यादव (निर्विरोध, कांग्रेस)
प्रमिला कुमारी (निर्विरोध, फोरम नेपाल)

अल्पसंख्यक वा अपाङ्गतर्फ
वृषेशचन्द्र लाल (निर्विरोध, राजपा)

दलिततर्फ
रामप्रित पासवान (निर्विरोध, फोरम नेपाल)

प्रदेश ३
प्रदेश ३ मा ८ जनाकै निर्वाचन भएको छ ।

महिलातर्फ
उदया शर्मा पौडेल (निर्वाचित, एमाले) ३५१०
पार्वती रावल थापा (निर्वाचित, एमाले) ३२७६
धनकुमारी खतिवडा (निर्वाचित, कांग्रेस) २३७६

दलिततर्फ
सिंहबहादुर विश्वकर्मा (निर्वाचित, एमाले) ६८५८

अल्पसंख्यक वा अपाङ्गतातर्फ
रामचन्द्र राई (निर्वाचित, एमाले) ६८७६

खुलातर्फ
रामबहादुर थापा बादल (माओवादी केन्द्र ) ३३३६
बलराम बास्कोटा (एमाले) ३४४४
राधेश्याम खतिवडा (कांग्रेस) २५५६

प्रदेश नम्बर ४
प्रदेश ४ मा एकजना निर्विरोध निर्वाचित भएका छन् । ७ जनाको निर्वाचन भएको छ ।

खुल्ला समूहमा
दीनानाथ शर्मा (माओवादी) १५३०
सुरेन्द्र पाण्डे (कांग्रेस) २२६२
गणेश तिमल्सिना (नेकपा एमाले) १७८२

दलिततर्फ
खिमबहादुर विक (माओवादी केन्द्र) ३३९६

अल्पसंख्यक वा अपाङ्गतातर्फ
प्रकाश पन्थ (निर्विरोध, कांग्रेस)

महिलातर्फ
विन्दादेवी आले राना ( कांग्रेस) २२७४
दीपा गुरुङ(नेकपा एमाले ) १७१६
शान्ति अधिकारी (एमाले) १५१२

प्रदेश ५
प्रदेश ५ मा तीन जना महिला निर्विरोध भएका छन् भने ६ जनाको लागि निर्वाचन भएको छ ।

महिलातर्फ
अनिता देवकोटा (निर्विरोध, कांग्रेस)
कोमल वली (निर्विरोध, एमाले)
मीना बुढा (निर्विरोध, एमाले)

दलिततर्फ
रामलखन चमार (निर्वाचित, एमाले)

अल्पसंख्यक वा अपाङ्गतातर्फ
राजकुमार कुँवर (निर्वाचित, माओवादी)

अन्य सदस्यबाट बिजयी
खिमलाल भट्टराई (नेकपा एमाले)
दुर्गा प्रसाद उपाध्याय (नेपाली कांग्रेस)
चन्द्र बहादुर खड्का (नेकपा माओवादी केन्द्र)
प्रदेश ६
प्रदेश ६ मा आठै जनाको लागि निर्वाचन भएको छ । छ को मतगणना भइरहेको छ ।

प्रदेश ७
प्रदेश ७ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दलित तथा अल्पसख्यक वा अपाङ्गको निर्वाचन भएको छ ।
एमालेबाट ४, कांग्रेसबाट २ र माओवाद्यी २ जना निर्वाचित भएका छन् ।

अन्य समूहतर्फ
शेरबहादुर कुँवर (निर्विरोध, एमाले)
हरिराज चौधरी (निर्विरोध, माओवादी केन्द्र)
बद्री पाण्डे (निर्विरोध, कांग्रेस)

महिलातर्फ
इन्दु कडरिया (निर्विरोध, एमाले)
कमलाकुमारी वली (निर्विरोध, एमाले)
तारादेवी भट्ट (निर्विरोध, कांग्रेस)

दलिततर्फ
चक्र स्नेही (निर्वाचित, एमाले)

अल्पसंख्यक वा अपांगतातर्फ
महेशकुमार महरा (निर्वाचित, माओवादी केन्द्र)

– अन्नपूर्ण पोस्टबाट

शुक्रबार, माघ २६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*