‘सकरपुरा’लाई बालविवाह मुक्त वडा घोषणा

राजविराज, २५ कात्तिक ।

बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ३ सकरपुरालाई बालविवाह मुक्त वडा घोषणा गरेको छ ।

सेभ द चिल्ड्रेन सप्तरीले सञ्चालन गरेको स्पोन्सरसिप कार्यक्रमअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ साविकको सकरपुरा गाविस–१ लाई एक समारोहबीच बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

उक्त वडामा विगत दुई वर्षको अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धता जनाएर यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको गाउँ बाल संरक्षण समितिका संयोजक मोहित चौधरीले बताए ।

जिल्लाको तिलाठी कोइलाडीस्थित सकरपुराको उग्रतारा माँ भगवती मन्दिर प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच सेभद चिल्ड्रेनका किशोर–किशोरी विकास कार्यक्रम संयोजक रत्ना थापाले दुई वर्षको अवधिमा यस सकरपुरामा कुनै बालविवाह नभएको भन्दै यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरे । रासस

शनिबार, कात्तिक २५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*