स्केट पार्क निर्माण सहयोगीलाई राखेपको धन्यवाद

काठमाडौं । पोखरामा स्केट पार्क निर्माण गर्न सहयोग पु¥याएको ‘मेक लाइफ, स्केट लाइफ’ टोलीकी सदस्यमध्येकी एक किम इवेन्सलाई नेपाल स्केटिङ तथा स्केट बोर्ड संघले शुक्रबार (२९ वैशाख) एक कार्यक्रमबीच धन्यवाद ज्ञापन गर्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रेस सल्लाहकार रोहित दाहाल, संघका अध्यक्ष अच्युत खनाल र महासचिव चूडामणि खरेलले बेल्जियमनिवासी किमलाई मायाको चिनो प्रदान गरेका हुन् ।
पोखरा रंगशालामा निर्माण गरिएको उक्त स्केट पार्क पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई गत अप्रिल २९ तारिख हस्तान्तरण गरिएको थियो । करिब ३० हजार डलर खर्च गरी निर्माण गरिएको उक्त पार्क १८ दिनमा टोलीले निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो । विभिन्न राष्ट्रका ६० विदेशीले निर्माण कार्यमा श्रमदान गरेका थिए ।
त्यस अवसरमा किमले पार्कको रेखदेख राम्रोसँग हुनुपर्नेमा जोड दिँदै बालवालिकालाई स्केट सिक्नका लागि स्केट बोर्डको व्यवस्था गरिदिने बताइन् । किमले आफूहरूसँग जनशक्ति भएकाले कुनै निकायले अनुरोध गरेको खण्डमा स्केट पार्क निर्माण गरिदिन तयार रहेको बताइन् । किमको टोलीले बोलिभियन, जोर्डन, भारतलगायतका स्थानमा पनि स्केट पार्क निर्माण गरिदिइसकेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*